९ श्रावण २०७८, शनिबार |


छोरि र मैले एउटै मन्चमा अवार्ड पाउँदा अत्यन्तै खुशि लाग्यो : बीरेन्द्र श्रेष्ठ


Everest Week
१७ बैशाख २०७८, शुक्रबार २०:४३

काठमाडौँ । सानै उमेर बाटै पढाई अनि कला क्षेत्रमा अव्वल सुचिन्दा श्रेष्ठ ले आफ्नो माध्यमिक तह यानेकी SLC लेभलको अध्यन बुढानिलकण्ठ स्कुल, काठमाडौं बाट गरे लगत्तै “ए” लेभलको अध्यन रातो बङ्गाला स्कुल बाट गरेर हाल काठमाडौं बिश्वबिद्धालय बाट BBA तेस्रो बर्षमा अध्यनरत छिन! स्कुल लेभलको अध्यन को क्रम्मा बुढानिलकण्ठ स्कुलमा प्रत्येक बर्ष Best Dancer को ताज पहिरिने गरेको र कल्चर क्याप्टेन समेत भयेको साथै काठमाडौं बिश्वबिद्धालयमा MISS FRESHER को उपाधी हात पारेकी गायिका सुचिन्दा श्रेष्ठ गायन अनि पढाइ मा मात्र नभै खेलकुदमा समेत आफुलाई अव्वल सावित गर्दै राष्ट्रपति रनिङ शिल्डमा विभिन्न बिधामा गोल्ड मेडल समेत पायेको बताउछन गायक अनि वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ !

एक सफल र सुखी जिन्दगी भन्दा खुसिमय जीवन को कल्पनामा लिप्त हुने सबैको पृय मधुर वाणी र ब्यबहारका धनी ईन्जिनियर तथा गायक बीरेन्द्र श्रेष्ठ आफ्नो ईन्जिनियरिङ अध्यन र सो पश्चात् करियर बनाउने शिलशिलामा जीवन को उकाली ओराली मै हराउदै २०७१ साल देखि मात्र बिधिवत रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन!

चर्चित सङ्गीतकार दिपक शर्मा को शब्द सङ्गीतमा बनेको (घर हाम्रो लेकैमा) बोलको गीत बाट आफ्नो साङ्गीतिक जीवन सुरु गरेका ई. बीरेन्द्र ले यसै गीतले सर्बोत्कृष्ट लोकपप बिधामा OS AWARD ओ. एस. अवार्ड हात पारेका थिए! आफ्नो बुबाको सङ्गीत मोह लाई पछ्याउदै छोरी सुचिन्दा श्रेष्ठ ले (एक चोटि आइदेउन) बोलको गीत आज भन्दा ४ बर्ष अगावै रेकर्ड गरेता पनि डेढ बर्ष अगाडि मात्र भिडियो बनाएर हाईलाइट्स नेपाल युट्युब चेनल बाट सार्वजनिक भयेको थियो !

सोही गीत मार्फत योङ्ग माइण्ड्स अवार्ड मा नवगायिका सुचिन्दा श्रेष्ठ ले सर्वोत्कृष्ट नव गायिका पप/लोकपप मा अवार्ड हात पारेकी छिन ! वेष्टर्न पप जनरामा अव्वल लाग्ने स्वर भयेकी गायिका सुचिन्दा आफ्नो पिता भन्दा अव्वल रहेको बताउँछन् बीरेन्द्र !

केही बर्ष अघि मात्र सामान्य आफ्नो सौखले सुरु गरेको गायन यात्रामा एक पछि अर्को गीत हरु दर्शक श्रोताले मन पराईदिनु भयेको र आउन लागेका केही गीत हरु ईनाक्सी ईन्टर्टेन्मेन्ट युट्युब चेनल बाट रिलिज हुने र निकै अपेक्षा समेत राखेको बताउछन गायक ईन्जिनियर बीरेन्द्र श्रेष्ठ !

योङमाईण्ड्स ईन्टर्टेन्मेन्ट ले आयोजना गरेको अवार्ड २०२१ मा जाले रुमाल बोलको गीत मार्फत सर्वोत्कृष्ट लोक पप गायक को उपाधी पाउन सफल भयेका छन! यो अवार्ड मा सहोदर बाबू छोरिले एउटै मन्चमा अवार्ड हात पार्दा अत्यन्तै गौरव लागेको बताउछन बीरेन्द्र श्रेष्ठ र सुचिन्दा श्रेष्ठ !

प्रतिक्रिया दिनुहोस्