६ असार २०७८, आईतवार |


प्रधानमन्त्री ओलीलाई संसदले विश्वासको मत दिएन


Everest Week
२७ बैशाख २०७८, सोमबार १८:००

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रस्ताव पारित हुन १३६ मत आवश्यक थियो ।
प्रस्तावको विपक्षमा १ सय २४ र तटस्थमा १५ मत परेको छ ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् । आज जम्मा २३२ साँसद उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्