६ असार २०७८, आईतवार |


नेपाल सुपर लिगको उपाधी काठमाडौं रेजर्सलाई


Everest Week
१ जेष्ठ २०७८, शनिबार १९:३७

काठमाण्डौ १ जेठ । नेपाल सुपर लिगको पहिलो संस्करण उपाधिका काठमाडौं रेजर्सले चुमेको छ । खेलको २१ औँ मिनेटमा काठमाण्डौ रेजर्सका मोसौकेले गरेको गोल नै उपाधी उचाल्न निर्णायक बन्यो ।
उपाधीको लागि प्रतिस्पधामा उत्रिएका धनगढी एफसीले केहि सुनौलो मौका पाएपनिगोलमा परिणत गर्न सकेन ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौं पहिलो क्वालिफायरको खेलमा धनगढीसँग पराजित भएको थियो।

अंक तालिको दोस्रो स्थानमा रहेको धनगढीले काठमाडौंविरुद्धको क्वालिफायरमा जित हात पारेसँगे सिधैं फाइनलमा स्थान पक्का थियो।

धनगढीसँग पराजित भएपछि दोस्रो मौका पाएको काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई पराजित गर्दै फाइनलमा पुन धनगढीसंगको भेट पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्