६ असार २०७८, आईतवार |


जेठ २ मा फर्किने सहमति कार्यान्वनका लागि एमालेमा बन्यो कार्यदल


Everest Week
२ जेष्ठ २०७८, आईतवार १५:५२

काठमाडौं २ जेठ । नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका आज कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको छलफलमा दुवै पक्षबाट पाँच पाँच जना रहेको कार्यदल बनेको छ ।

कार्यदलमा माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् भने अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

प्रतिक्रिया दिनुहोस्