९ श्रावण २०७८, शनिबार |


युक्रेनमाथि जीत निकाल्ददै नेदरल्यान्ड्सको युरो विजयी यात्रा सुरु


Everest Week
३१ जेष्ठ २०७८, सोमबार ०९:५३

काठमाण्डौ ३१ जेठ । युरो २०२० मा नेदरल्यान्ड्सले विजयी यात्रा सुरु गरेको छ । नेदरल्यान्ड्सले युक्रेन विरुद्ध ३२ गोल अन्तरले जित निकालेको हो ।

सोमबार विहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा ५ गोल भयो ।

खेलको ५२ मिनेटमा वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। वोट वेघर्स्टलेले ५९ मिनेटमा गोल दोब्बर पारे । ७५ मिनेटमा यारमेलेन्कोले पहिलो गोल र ७९ मिनेटमा येरेमचुकले दोस्रो गोल गदै युक्रेनले खेललाई बराबरीमा ल्यायो ।
८५ मिनेटमा नेदरल्यान्ड्सका डेन्जेल डमफ्रिजले तेस्रो गोल गर्दै टिमलाई ३(२ ले अघि बढाए। यो गोल नै जीतको लागि निर्णायक बन्यो ।

नेदरल्यान्ड्सले जितसँगै समूह सी मा ३ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्