१० श्रावण २०७८, आईतवार |


नेपालमा घट्दै संक्रमण


Everest Week
३१ जेष्ठ २०७८, सोमबार १८:२३

काठमाण्डौ ३१ जेठ । कोरोना भाइरस (कोभिड १९) संक्रमण नेपालमा घट्दै गएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९१८ संक्रमित थपिएका छन् ।

देशभर गरिएको ९ हजार ४ सय ३८ पीसीआर परीक्षणका क्रममा दुई हजार ४९ जना र ५ हजार ३ सय ८१ एन्टीजेन परीक्षणका क्रममा ८६९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार चार सय ६५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्