१० श्रावण २०७८, आईतवार |


नारायणी नदीले चेतावनीको तह पार गर्‍यो


Everest Week
१ असार २०७८, मंगलवार १६:४८

तस्विर : विकीपेडिया

चितवन । नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ । निरन्तरको बर्षाका कारण नदीको सतहभन्दामाथी पानी पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह अझै बढ्न सक्ने भएकाले सचेत रहन चितवन जिल्ला प्रशासन आह्वान गरेको छ । चितवनको पश्चिम क्षेत्रमा ढुवान र कटान खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्