१० श्रावण २०७८, आईतवार |


बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा चार बेपत्ता


Everest Week
२ असार २०७८, बुधबार ०८:३१

काठमाडौं २ असार । हरेक साल प्राकृतिक प्रकोपको मार खेप्दै आएको सिन्धुपाल्चोकमा यसपटकको मनसुन सुरु भएलगतै ठूलो क्षति पुगेको छ । मंगलबार साँझ आएको बाढी र पहिरोले हेलम्बु बजारका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले अझैबढी हताहति भएको हुनसक्ने आशका गरेका छन् ।
बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले चारवटा पक्की पुल बगाएको छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ । नदी आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्